२३ श्रावण २०७६, बिहीबार

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले काठमाडौं बाहिर नै प्रदेशको राजधानी तोकिने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँ भित्र प्रदेशको स्थायी राजधानी तोक्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले हेटौडा नै हुनपर्छ भन्ने पक्षमा आफु नरहेको तर, सिंहदरबार नजिक भने कुनै हालतमा स्थायी राजधानी हुनै नसक्ने बताउनुभएको हो ।

उहाँले आफु राजधानी नुवाकोट, रामेछापमा बनाउ भनेपनि तयार रहेको बताउनुभयो । मुख्य मन्त्री पोडेलले अब केही दिन भित्रै राजधानी तोक्ने समेत स्पस्ट पार्नुभयो । प्रदेश नम्बर तीनले स्थायी राजधानी तोक्न सकेको छैन । राजधानीका लागि संसदीय समिति गठन गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV