गाउनु भन्दा पनि ‘स्टेज पर्फम’ चै राम्रो गर्छुः गायक तथा मोडल दुर्गेश थापा (भिडियो)



प्रकाशित मिति : Aug 08, 2019

काठमाडौं । हिन्दू नारीहरुको विशेष पर्व तीज नजिकिदै गर्दा विभिन्न तीज गीतहरु सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा केही साता अघि मात्रै गायक तथा मोडल दुर्गेश थापाको नयाँ तीज गीत ‘हामीपनि नाच्नुपर्छ बीचबीचमा’ सार्वजनिक भएको थियो ।

सार्वजनिक गीतमा गायक तथा मोडल थापाको आफ्नै शब्द तथा संगीत रहेको छ ।
गीतलाई साहस शाक्यले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा दुर्गेश, ओवि, लोमश, प्रशान्त, अंकित र कुमार फिचर्ड छन् । दर्शकहरुले रुचाइरहेका यस गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।

चर्चामा रहेको यसै तीज गीतका गायक, संगीतकार तथा मोडल दुर्गेश थापालाई न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘छ प्रश्न’मा निम्त्याएको छ । गायक तथा मोडल थापाले गीतको बारेमा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुराकानी गर्दै आफ्नो गीतले दर्शकहरुको राम्रो साथ पाएकोमा खुसी लागेको बताएका छन् । आफ्नो उक्त गीतलाई दर्शकहरुले २५ लाखभन्दा बढी पटक हेरिसकेको उनको भनाइ छ, जहाँ ६० हजार लाइक, तीनहजार भन्दा बढीले डिसलाइक गरेका छन् ।

यसरी आफ्नो गीतले दर्शक÷श्रोताहरुको राम्रो साथ पाउँदा‘आफूले केही गरेको रहेछु है’ भन्ने गायक थापालाई पनि महसुश हुन्छ । साथै दर्शकहरुको नकारात्मक टिप्पणीबाट सिकेर अर्को काममा त्यसलाई सुधार्ने मौका पाउने उनको भनाइ छ ।

गीत हिट भएको प्रसंगलाई जोड्दै गायक तथा मोडल थापाले भने, ‘मैले गाउनु भन्दापनि स्टेज पर्फम चाँही राम्रो गर्छु जस्तो लाग्छ । दर्शकहरुलाई मनोरञ्जन दिन्छु, म एउटा कलाकार पनि हुँ । यो गीत चाँही स्टेज प्रोग्रामहरुमा जाँदाखेरी मेरो पनि तीज गीत छ है भनेर गाउनका लागि बनाएको हुँ । जुनसुकै गीत एउटा आशा बोकेर गरिन्छ । तर यति धेरै आशा भने गरेको थिइनँ । सयमा ४० प्रतिशत जति आशा गरेको थिए, तर ८०/९० प्रतिशतजति रुचाइयो । दर्शकहरुलाई धन्यबाद भन्न चाहन्छु ।’

सुरुमा बागलुङको ग्वाल्कोटबाट गायक बन्नका लागि निस्किएको बताउँदे थापाले भने, ‘गायक बन्नलाई स्टुडियो पनि छिरे । गीतपनि रेकर्ड गराएँ । तर अन्तिममा कम्पनीले ‘भाई तिम्रो स्वर चल्दैन । यहाँ चाँही राजु परियारको स्वर हाल्नुपर्छ’ भने । त्यसपछि मलाई ‘बी’साइडमा गाउन भने । मैले हुन्छ भने । त्यस्तै पुनः यो गीत राम्रो भएको छ, अब मोडलमा खेल भने । मैले पनि हुन्छ भनिदिए । फेरि गीत राम्रो बनाउनुपर्छ मोडलमा होइन साइडमा खेल भने । त्यसपछि अन्तिममामलाई साइड बनाइदिए ।’

बाँकी कुरा भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com