२३ श्रावण २०७६, बिहीबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा० ले गम्भीर गल्तीप्रति क्ष्मायाचना गर्दै तत्काल सरकारी जग्गा छाड्नु पर्ने बताएको छ । कांग्रेसले नेकपाको राजनीतिक प्रतिवेदनमा कांग्रेस प्रतिको धारणामा आपत्ति जनाउँदै सो बताएको हो ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै तत्काल सरकारी जग्गा छाड्नु पर्ने बताएको छ ।

बिहीवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरित सरकारी जग्गामा रहेको भन्दै यसले कांग्रेसलाई अचम्मित र दुः खी बनाएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा काँग्रेसले सरकारी जग्गा त्यागेर नैतिकतालाई थप लज्जित बनाउनबाट बच्न पनि नेकपालाई सुझाव दिएको छ ।

यस्तै कांग्रेसले नेकपाको राजनीतिक प्रतिवेदनमा कांग्रेस प्रतिको दृष्टिकोणमा समेत आपत्ति जनाएको छ । नेपाली कांग्रेसले नेकपाको दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि नभइ दृष्टिदोष प्रस्तुत भएको उल्लेख गर्दै दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र व्यक्त गर्न सकिने उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा भनिएको छ ‘ काँग्रेसले प्रतिष्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा व्यवहार गर्दै आएको छ । हामी विश्वस्त छौँ यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामथ्र्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुनेछ । ’

त्यस्तै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समुहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरित हुने मान्यता पनि काँग्रेसले अघि सारेको छ ।

विज्ञप्तीमा भनिएको छ ‘ ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ तर तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसंग सम्झौता गर्न सकिन्न । ’

यस्तै गोंगवु बसपार्क प्रकरणप्रति पनि काँग्रेसले आफ्नो ध्यान गम्भीर ढंगले आकर्षित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV