२३ श्रावण २०७६, बिहीबार

एजेन्सी । भारतले आफूद्वारा प्रशासित जम्मू-कश्मीर क्षेत्रको विशेष अधिकार खोसेपछि यसले अन्तर्राष्ट्रिय चासो समेत बढाएको छ । भारतले कश्मिरमा कडाइ गरेसँगै संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको । उसले कश्मीरमा मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

जम्मू-कश्मीरलाई दिइएको विशेष संवैधानिक मान्यता खारेज गर्दै भारत सरकारले सो राज्यलाई केन्द्रशासित प्रदेश बनाएको छ । यससँगै त्यहाँ सञ्चार सेवा बन्द गरिएको छ भने नेताहरूलाई धरपकड गर्न थालिएको छ । साथै राजनीतिक भेला गर्न समेत प्रतिबन्ध लगाइएको । आइतबारदेखि नै त्यहाँ फोन र इन्टरनेट सेवा समेत बन्द गरिएको छ । यसले त्यहाँका जनताको मानव अधिकार हनन भएको भन्दै राष्ट्रसङ्घका एक प्रवक्ताले चासो दिएका छन् ।

भारतका पछिल्ला कदमले जम्मू-कश्मीरको भविष्यबारे जनताले प्रजातान्त्रिक रूपमा वादविवाद गर्न नपाउने चिन्ता ती अधिकारीले जाहेर गरेका छन् । उनले त्यहाँका नागरिकको सूचना सञ्चारको हक लगायत मानव अधिकार हनन हुन नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV