२३ श्रावण २०७६, बिहीबार
  • दान बहादुर बुढा

मुगु, २३ साउन । मुगु जिल्लाको एक मात्र उतरी सीमा नाका मुगु भन्सार कार्यालय बाह्रै महिना कर्मचारीविहीन भएको छ ।

कर्मचारीहरु कार्यालयमा नियमित नबस्नाले भन्सार कार्यालयबाट उठ्ने राजश्वमा समेत वर्षेनी अनियतिता हुने गरेको छ । मुगुको नाक्च्यालाग्ना भान्सार कार्यालयमा नेपाल सरकारबाट १ जना नायब सुब्बा, २ जना खरिदा र २ जना कार्यालय सहयोगीको दरबन्दी भए पनि कार्यालय रहेको स्थान मुगु गाँउमा कुनै पनि कर्मचारी छैनन् । एक जना मात्र करार कार्यालय सहयोगी रहेको भए पनि उनी जिल्ला कोष तथा लोखानियन्त्रक कार्यालयमा बस्दै आएका छन् ।

भन्सार कार्यालय मुगु गाँउमा रहनुपर्ने भए पनि कहिले लम्स त कहिले मुगु गाँउमा कार्यालयको साईन बोर्ड टाँसेको देखिन्छ । तर मुगु भन्सारको नाममा गमगढी बजारमा २-३ कोठा भाडामा लिएर कार्यालयका केही कागजपत्र राख्ने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका प्रमुख नन्दराम कँडेलले बताए ।

हरेक वर्ष साउनको अन्तिममा नेपाल र तिब्बतको सिमाना ह्याजिमारा भन्ने ठाँउमा दुई देशबीच हाट-ब्यापार मेला लाग्छ । बम्तीमा १५ दिन सम्म चल्दै आइरहेको साे मेलाकाे समयमा मात्र भन्सारका कर्मचारीहरु आउने र थोरै मात्र राजश्व उठाउने गरेको स्थानीयबासीहरु बताउँछन् ।

व्यापार मेलाकाे लाग्नुअघि नै स्थानीय व्यापारीहरुले नेपालबाट तिब्बततिर जाने बहुमुल्य जडिबुटी यार्सागुम्वा, वन लसुन, चिराईताे, सेतके चिनी, भुजपत्र, धुपी, अतीस, सिलाजित र वन्यजन्तुका छाला, हड्डी लगायत सामानहरु अवैध रुपमा सीमापास गराइसक्छन् । डिभिजन जिल्ला वन कर्यालयको अनुमतिबिन सामान निकासी हुने भएर पनि भन्सार कार्यालयमा निम्न राजश्व उठ्ने गरेको र नेपाल सरकारलाई राजश्वमा निकै घाटा हुने गरेको स्थानीय मुगुबासीहरुको गुनासो छ ।

तिब्बतबाट नेपालका लागि पैठारी हुनेमा खाद्यान्न वस्तु चामल दाल, नून, चिनी, मैदा, आटो, घ्यू, छुर्पी, कम्मल, लुगाकपडा, भाडावर्तन रहेका छन् ।

तस्वीर : दान ब बुढा/न्युज २४

प्रतिक्रिया दिनुहोस्
LIVE TV