२२ श्रावण २०७६, बुधबार

काठमाडौं । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १० टिमको सहभागिता रहने आयोजक स्कुलका इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जनाएका छन् ।

ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा मेगा बैंक र एनाटोलिया रेस्टुरेन्ट रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ ।

अगष्ट २२ तारिखसम्म चल्ने प्रतियोगिताका खेलहरु अत्तरखेलस्थित आयोजककै कोर्टमा खेलाइने छ । ब्वाइजमा डाफोडिल तथा गल्र्समा एचएचसीए डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV