२२ श्रावण २०७६, बुधबार

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफनो बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

सम्पन्न बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या ९४ हुनेछ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV