२२ श्रावण २०७६, बुधबार

काठमाडौं । फिल्म ‘रिजन अफ रिया’ बन्ने भएको छ । फिल्मलाई मिलन आले मगरले निर्देशन गर्नेछन्।

‘रिजन अफ रिया’ फिल्म धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुँदैछ । फिल्म निर्माण घोषणासँगै मङ्गलवार एउटा गीत पनि रेकर्ड भैसकेको छ । गीतमा अन्जु पन्तले स्वर भरेका छन् भने हरि उप्रेतीको शब्द रहेको छ।

फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन, यम आले मगरले छायाङ्कन गर्नेछन् । खामेश श्रेष्ठ मुख्य सहायक निर्देशक रहने भएका हुन् । कसिस दाहाल, नवीन अधिकारी, करण सिंह बोहरा, विकास थापा मगर लगायतका कलाकारको अभिनय रहनेछन् ।

फिल्म ‘रिजन अफ रिया’ साउन ३० गतेबाट फ्लोरमा जाने तयारी रहेको निर्माण पक्षले बताएको छ । फिल्मको छायाङ्कन काठमाडौँ र मुस्ताङमा गरिने बताइएको छ।

LIVE TV