२२ श्रावण २०७६, बुधबार

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुप बिक्रम शाही अभिनित फिल्म ‘जाइरा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नम्रतालाई बक्सिङ खेलाडीको रुपमा प्रस्तुत गरिएको छ ।

आगामी भदौ ६ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘जाइरा’मा नम्रता र अनुपका अलवा प्रमोद अग्रहरी, सृजना रेग्मी, रेमण दास श्रेष्ठ, सुजता श्रेष्ठ। सम्राट मगर लगाएत कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् ।
फिल्मको कथा पनि निर्देशक श्रेष्ठ आफैले लेखेका हुन् ।

फिल्मको निर्माताको रुपमा प्रनिता श्रेष्ठ र कारा श्रेष्ठ रहेका छन्, भने कार्यकारी निर्माताको रुपमा प्रसन्न गोपाली रहेका छन् । फिल्मको स्क्रिनप्ले निर्देशक श्रेष्ठ र निरोज हमर्जनको रहेको छ ।

LIVE TV