२२ श्रावण २०७६, बुधबार

चितवन । भरतपुरस्थित हाेटल कंगारूमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीबारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक अफवाह फैलाउने खालका समाचार प्रकाशित गरिरहेकाे प्रति जिल्ला प्रहरी कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

मंगलबार नै एक प्रेस नाेट जारी गर्दै जिप्रका चितवनका प्रहरी नायब उपरीक्षक एक नारायण काेइरालाले अनुसन्धानलाइ नै प्रभावित पार्ने समाचार वा टीका-टिप्पणी नफैलाउन अनुराेध गरेका छन् ।

अनुसन्धान सुरू भइसकेकाे र मृतककाे लास समेत पाेष्टमार्टमका लागि काठमाडाैँ त्रिवि शिक्षण अस्पतालमा पठाइएकाे उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV