२२ श्रावण २०७६, बुधबार
  • भगिश्वर लिम्बू

तेह्रथुम, २२ साउन । तेह्रथुमको म्याङलुङ नगरपालिकाले नगरपालिका भित्रका किसानहरुलाई मकै छोडाउने र घाँस काट्ने मेसिन बितरण गरेको छ ।

नगरपालिका भित्र बसोबास गर्ने किसानहरुलाई सहज होस भन्ने उदेश्यले मकै छोडाउने मेसिन ३५ वटा सय प्रतिशत अनुदानमा र ३५ वटा धास काट्ने मेसिन ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । नगरपालिकाका किसानहरुलाई कृषिमा आधुनिकिकरण गरि आत्मनिर्भर बनाउनका लागि कृषि औजार वितरण गरिएको म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफेले बताउनु भयो ।

पहिलो चरणमा किसानहरुलाई लक्षित गरि खरिद गरिएको यस्ता मेसिनहरु प्रति किसानहरुको आर्कषण समेत बढ्दै गएको छ । किसानहरुलाई स्थानीय सरकारले बिभिन्न औजारहरु अनुदानमा बितरण गरे पछि किसानहरुलाई सहजता भएको किसानहरुले बताएका छन् । नगरपालिकाले यस अघि किसानहरुलाई हाते ट्याक्टर समेत बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV