२२ श्रावण २०७६, बुधबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २२ साउन । कपिलवस्तुका महाराजगंज नगरपालिकाले विपन्न र गरिब परिवारलाई जस्तापाता वितरण गरेको छ । खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत नगरपालिकाले जस्तापाता वितरण गरेको हो । नगरपालिकाले ११ वटै वडामा रहेका १ सय ५० भूमीहीन गरिक परिवारलाई जस्ता पाता वितरण गरेको छ ।

नगरपालिकाका मेयर अब्दुल कलाम, उपमेयर शुभावती कुर्मी र वडाअध्यक्ष, कर्मचारी सहितको टोलिले जस्ता पाता वितरण गरेको हो । जस्तापाता वितरण पछि महाराजगंजका प्रशासन शाखा प्रमुख अंशु वर्माले शहरका गरीब समुदायहरुलाई परिवर्तन ल्याउन र उनीहरुको खुशी फर्काउन जस्ता पाता वितरण गरिएको बताउनु भयो । उहाका अनुसार नगरपालिाकाका ११ वटा वडाका १ सय ५० घरधुरीलाई जस्ता पाता वितरण गरिएको हो ।

गत आर्थिक बर्षमा १ सय ५० घरधुरीलाई जस्तापाता वितरण गर्ने कार्य अनुसार प्रदेश सरकार र नगरपालिकाले ८५ लाख रुपैयांँ बजेट छुट्याएर काम गरिएको बताइएको छ । प्रत्येक घरधुरीलाई ८ वटा जस्ता पाता, ९ वाट पाइप वितरण गरिएको वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद बनियाले बताउनु भयो । यहाले आफुहरुले चुनावको समयमा गरेको वाचा पुरा गर्न यो अभियान सञ्चालन गरेका छौ । खरमुक्त बनाउने अभियानले नागरिकलाई राहत पुगेको छ ।

जस्तापाता लिएपछि वडा नम्बर १ की स्थानिय सुमित्रा सुनारले आफूलाई अत्यन्त खुशी भएको प्रतिक्रिया दिइन । ‘पानीले छानो सबै भत्काएर हिजोदेखि खाना बनाउन पाएको थिइन, अब मलाई ढुक्क भयो । उने भनीन अब गरिबलाई पनी रातह भएको छ ।

त्यस्तै वडा नम्बर ४ का गिता कलवारले आफूले जस्ता पाता पाएपछि खुशीको सीमा नभएको बताउंँनु भयो । खाना बनाउंँदा छाता ओढेर पकाउनु पथ्र्यो अब हामीलाई ठुलो राहत भयो ।’ ज्याला मजदुरी गरेर परिवार लालनपोषण गर्नुपरेकोले छाना फेर्न नसकेको दुख भएको सयममा नगरपालिकाले छानो दिएकोमो खुशी व्यक्त गर्नुभयो ।

महाराजगंज नगरपालिकाले जस्तापाता वितरण, शौचालय निर्माणका लागि प्रत्येक घर परिवारलाई रु १५ सय प्रदान गरेको थियो । त्यस्तै यसअघि नगरपालिकाले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा एवं प्रत्येक किसानलाई सिचाई सुविधा, किचड मुक्त नगर घोषण कार्यक्रम लागु गरिसकेको छ ।

स्थानीय तहको निर्वाचन भएपछी नगरपालिकाले गरेको जनमुखी कार्य प्रती सबैले प्रशांस गरेका छन । महाराजगंज नगरपालिका जन निर्वाचत प्रतिनिधीहरुले स्थानिय तहको निर्वाचनमा गरेको वाचा पुरा गरी नगर तथा वडालाई समृद्ध बनाउने कार्य गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV