२१ श्रावण २०७६, मंगलवार

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/०७६ मा ठूला उद्योग, बहुराष्ट्रिय कम्पनी र सेवा क्षेत्रबाट उठ्ने कर २ अर्ब ५५ करोडले घटेको छ । २०७४/७५ मा यी तीन क्षेत्रका करदाताबाट आयकर र मुल्यअभिवृद्धि कर गरी ७५ अर्ब ५७ करोड कर संकलन भएको थियो भने अघिल्लो आर्थिक वर्षमा जम्मा ७३ अर्ब २ करोड मात्र संकलन भएको छ ।

ठूला कर दाता कार्यलयले आर्थिक वर्ष २०७५/०७६ मा २ खर्ब ३ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । जसमा लक्ष्यको २० प्रतिशत कम अर्थात १ खर्ब ६२ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । विशेषगरी सिमेन्ट उद्योग, स्टील उद्योग, बहुराष्ट्रिय कम्पनी, नेपाल टेलिकम तथा एनसेलबाट अघिल्लो वर्षभन्दा कम राजश्व संकलन भएको छ । दिर्घकालीन नाफा हेरी लगानी थप्दै जानु र कारोवारमा कमी आउँदा कर संकलन घटेको ठूला करदाता कार्यलयको दावी छ ।

कुन क्षेत्रबाट कत्ति राजश्व उठ्यो ?

ठुला करदाता कार्यलयले ८० करोडभन्दा माथि कर बुझाउने कर दाताहरु बाट कर उठाउदै आएको छ । सरकारले वर्षेनी करको भार मात्रै थप्ने तर, त्यही अनुसार पूर्वाधार तय नगरीदिनाले धरै कर तिर्नेहरु समेत आजित बन्न थालेको उद्योगीहरु बताउँछन् ।

ठुला करदाता कार्यालयले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसके पनि समग्र क्षेत्रको कर गत वर्षभन्दा १० दशमलव ७९ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV