२१ श्रावण २०७६, मंगलवार

काठमाडौं÷एजेन्सी । पछिल्लो समय बलिउडमा रिमेक फिल्मको दौड चलिरहेको छ । यसै क्रममा हलिउड फिल्म ‘द गर्ल अन द ट्रेन’को हिन्दी रिमेक बन्ने भएको छ । यो फिल्मको मुख्य कलाकारको रुपमा अभिनेत्री कीर्ति कुल्हारीको नाम पनि जोडिएको छ ।

रिभु दासगुप्ताले निर्देशन गर्ने यो फिल्ममा अभिनेत्री कीर्ति कुल्हारी ब्रिटिश प्रहरीको भूमिकामा देखिने भएकी छन् । यो फिल्मको मुख्य अभिनेत्रीको रुपमा भने परिणीति चोपडालाई अनुबन्धित गरिएको छ ।

फिल्मकी अर्की अभिनेत्री कीर्तिले भनिन्, ‘रिभुद्वारा निर्देशित फिल्ममा काम गर्न निकै राम्रो महसुस भइरहेको छ । वेब सिरिज ‘वार्ड अफ ब्लड’पछि मैले दोस्रो पटक रिभूसँग फिल्ममा काम गरिरहेकी छु । हामीसँग राम्रो सम्बन्ध छ । यो फिल्ममा पनि उनको साथमा काम गर्नका लागि उत्साहित छु ।’

जानकारी अनुसार १५ अगस्टका दिन अभिनेत्री कीर्ति लण्डन जाँदैछन्, जुन दिन उनको फिल्म ‘मिसशन मंगल’ पनि दर्शकमाझ रिलिजमा आउँदैछ । एक महिनासम्मको सुटिङ सेड्युअलको लागि उनी १६ अगस्टका दिन फिल्मका अन्य कलाकारहरुसँग जोडिने भएकी छन् । ‘द गर्ल अन द ट्रेन’ फिल्मको कहानी हकिन्सको उपन्यासमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV