२१ श्रावण २०७६, मंगलवार
  • तारा आचार्य

विराटनगर, २१ साउन । केही दिन देखि अत्याधिक बढेको गर्मीका कारण विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा झडापखाला, दम र भाइरल ज्वरोका विरामीहरुको चाप बढेको छ ।

प्रत्येक वर्ष गर्मी मौसमा हुने यस्ता किसिमका विरामीहरु हिजो आज कोशी अञ्चल अस्पतालको आकस्मीक कक्षमा दैनक १ सय देखि १ सय पचास जना सम्म आउने गरेको कोशी अंचल अस्पताल आकश्मीक कक्षका इनचार्ज रघुनन्ध अधिकारीले जानकारी दिनुभयो । झाडापखाला दम र भाइरल ज्वरो भएर धेरै जसो बालबालिका र बृद्धबद्धाहरु अस्पतालमा उपचार गराउन आउने गरेका छन् ।

गर्मीे साथै धुलो धुवाँका कारण हुने भाइरल ज्वरो, दम झाडापखालाबाट बच्नको लागि उमालेको सफा पानी पिउने , माक्स लागएर हिड्नका साथै बजारमा पाईने खानेकुरा नखाने चिकित्सकहरुले सल्लाह दिएका छन् ।

विरामीलार्ई प्रसस्तमात्रामा पानी साथै तरलपर्दा खुवाउने ,सितलमा राख्ने, बासि खानेकुरा नखाने ,सफा राख्ने कोशी अञ्चल अस्पतालका फिजिसियन डा.दिपक सिग्देलले जानकारी दिनुभयो । उहाँले यो मौसममा प्राय धेरै जसो भाइरल ज्वरो आउने र अन्य रोगले पनि चाप्ने भएकाले विरामीहरुलाई आराम गर्न सल्लाह दिनु भयो ।

झाडापखाला, ज्वरो ,दमको सामान्य लक्षण देखापर्ना साथ नजिकको अस्पताल वा स्वास्थ्य चौकी पु¥याउन चिकित्सकहरुले सल्लाह दिएका छन् । तराइमा गर्मी बढे संगै केही दिन यता सर्प टोकाइका विरामीहरु पनि बढ्न थालेको सो अस्पतालले जनाएको छ् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV