२१ श्रावण २०७६, मंगलवार
  • रिदम सिंह

बझाङ । अज्ञात समुहले एक जना महिलाको गहना लुटपाट गर्नुका साथै महिलालाई मार्ने प्रयास गरेकाे छ ।

बझाङको थलारा गाँउपालिका वडा नम्बर ५ हाट घर भएकी दिनेश खत्रीकी श्रीमती २२ वर्षीया विमला ओलीलाई अज्ञात समुहले लुटपाट गर्नुका साथै मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका केदारस्युँ गाँउपालिका वडा नम्बर ९ माईती घर भएकी ओली पाईली घर आउने क्रमममा थलारा गाँउपालिका वडा नम्बर ३ को शिलाकोट भन्ने स्थानमा अज्ञात समुहले उनको गहना र मोबाईल समेत लुटेर लिएको जिल्ला प्रहरी कार्यालयका जनाएको छ । साथै उनको घाँटीमा टिनको पाताले रेटेर मार्ने प्रयास गरिएको स्थानीयले जनाएका छन् ।

उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेले बताए । साथमा रहेकी उनकी बहीनी १३ वर्षीया सलोचना ओलीसमेत सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाण्डेको कमान्डमा प्रहरी टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको छ भने घाईते दुबै जना महिलाको उपचारका लागी जिल्ला अस्पताल पठाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV