२१ श्रावण २०७६, मंगलवार

काठमाडौं । पूर्व राष्ट्रपति बराक ओबामाले आफ्ना कुनै पनि नेताको घृणा र जातीयता प्रवर्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न अमेरिकीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासी विरोधी भाषणले हिंसा चर्काएको भनी भइरहेको आलोचना पन्छ्याउने प्रयत्न गरिरहेका बेला ओबामाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पछिल्लो बन्दुक आक्रमणहरूपछि राष्ट्रपति ट्रम्पले घृणा र गोराजातिको सर्वोच्चता चाहनेहरूको निन्दा गरेका थिए । उनले आमहत्यामा संलग्नहरूलाई मृत्युदण्ड दिइनुपर्ने र बन्दुक नियन्त्रण सम्बन्धी कानूनहरूबारे दलीय सहकार्य हुनुपर्नेमा समेत जोड दिएका छन् । गत आइतबार टेक्सस र ओहायोमा भएका दुई सामूहिक हत्यामा ३१ जनाको मारिएपछि ओबाले आफ्नो भनाई राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV