२१ श्रावण २०७६, मंगलवार
  • दिपक उपाध्याय

धनगढी । धनगढीमा बम विस्फोट हुँदा घाइते भएका लक्ष्मण सेरेलालाई आज प्रहरीले पक्राउ गरेको छ । साउन २ गते धनगढीको शहीद गेट नजिक निलम होटेलमा बम विस्फोट भएको थियो ।

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको बम विस्फोट भएको थियो । विस्फोटमा परी घाइते सिंहकाे घटना भएकै राति उपचारको क्रममा ज्यान गएको थियो भने लक्ष्मणको माया मेट्रो अस्पतालमा उपचार भएको थियो ।

१९ दिनसम्म प्रहरी निगरानीमै उपचार गरी उनलाई आज जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । उक्त बम विस्फोट घटनामा परी होटेल सञ्चालकसहित पाँच जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV