२१ श्रावण २०७६, मंगलवार

एजेन्सी । अस्ट्रेलियाले एसेज श्रृङखला अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्डलाई २ सय ५१ रनले पराजित गरेको छ । एज्बास्टनमा भएको खेलको चौथो दिन अस्ट्रेलियाले चार विकेटको क्षतिमा ४ सय ८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो ।

उसका लागि स्टिभ स्मिथले शतकीय पारी खेले । स्मिथले १ सय ४२ रनको शानदार पारी खेले । उनको यो लगातार दोस्रो शतक हो ।

उनले पहिलो पारीमा १ सय ४४ रन बनाएका थिए । म्याथ्यु वेडले १ सय १० रन बनाए । ट्रेभिस हेडले ५१, टिम पेनले ३४, जेम्स पेटिन्सनले अविजित ४७ रन बनाए । अस्ट्रेलियाले पहिलो पारीमा २ सय ८४ र इंग्ल्याण्डले ३ सय ७४ रन बनाएको थियो ।

दोस्रो पारीमा इंग्ल्याण्ड १ सय ४६ रनमा अलआउट भयो । इंग्ल्याण्डका लागि सवैभन्दा बढी क्रिस ओक्स बनाए । उनले ३७ रन बनाए । यस्तै जेसन रोय र कप्तान जोय रुटले २८–२८ रन बनाए । इंग्ल्याण्डलाई दोस्रो पारीमा ध्वस्त बनाउन नाथन लियोनले ६ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

LIVE TV