२० श्रावण २०७६, सोमबार

एजेन्सी । जनावरले बच्चा जन्माउँदा जनावर पाल्ने परिवार खुसी भएपनि सिंगो गाउँ पक्कै खुसी हुँदैनन् । तर, भारतमा भने एउटा अर्ना गर्भवती हुँदा सिंगो गाउँ नै खुसी भएको छ ।

भारतको छत्तिसगढमा खुसी नामक यो अर्ना गर्भवती भएसँगै पूरै राज्यमा खुसियाली छाएको छ । अर्ना छत्तिसगढ राज्यको राष्ट्रिय जनावर पनि हो । तीन दशक यता छत्तिसगढमा यो अर्नाको प्रजातिको संख्यामा ५० प्रतिशतले कमी आएको छ । र, यो प्रजाति विस्तारै लोप हुने खतरा बढिरहेको छ । यस्तो बेला एउटा अर्ना गर्भवती भएको थाहा पाएसँगै छत्तिसगढका वन्यजन्तु प्रेमीहरु उसको हेरचाहमा जुटेका छन् ।

यो अर्ना अहिले सबैको चर्चाको विषय समेत बनेको छ । र, उसको स्वास्थ्यको पूरा ख्याल राखिएको छ । अर्नाको स्वास्थ्य जाँच गर्न बेलाबेलामा भेटनरी डाक्टर पनि आउँने गरेको छ । यो अर्नाले बच्चा जन्माएसँगै यस प्रजातिको संरक्षणमा महत्वपूर्ण सफलता प्राप्त हुने वन विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV