२० श्रावण २०७६, सोमबार

काठमाडौँ । अछाममा बिप्लब समुहका एक कार्यक्रता पक्राउ परेका छन । अछाम प्रहरीको गस्ती टोलीले जिल्लाको तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ६ रानिबनका विप्लव कार्यकर्ता जनक न्यौपानेलाई शनिबार आफ्नै घरमा सुतेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपाने विप्लव समूहका तुर्माखाँद गाउँ कमिटी ईन्चार्ज भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनलाई तुर्माखाँदमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV