२० श्रावण २०७६, सोमबार

एजेन्सी । बलिउडमा केहि न केहि हर्कत गरेर चर्चामा आउने नाम हो राखी सावन्त ।

पछिल्लो समय सामाजिक संजालमा दुलाहा बिनानै राखीलाई दुलहीको भेषमा देखिएपछि धेरैले राखीले साँच्चैनै विवाह गरेकी हुन् या अर्को कुनै नाटक हो भनेर आशंका गरेका थिए । कारण थियो यसअघि उनकोे धेरैचोटी विवाह भइसकेको खवरहरु आउने गरेका थिए । तर आम मानिसको आशंकालाई चिर्दै अभिनेत्री राखीले विवाह गरेको साँचो भएको खुलाएकी छिन् ।

राखीले भनिन् -” हो म विवाह गरेको कुरा सार्बजनिक गर्न डराएकी थिएँ, मैले साँच्चै विवाह गरेकी हुँ, यो कुनै नाटक या फोटोशुट होइन ।” राखीले बेलायत निबासी रितेश नाम गरेको ब्यक्तीसँग विवाह गरेकाे बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV