२० श्रावण २०७६, सोमबार

काठमाडौं । अनुमति विना विदेशी पर्यटकलाई हिमालको पदयात्रा गर्न नदिनका लागि नेपाल पर्यटन बोर्डले ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)लाई तीन वटा क्षेत्रमा चेकपोष्ट राख्न जिम्मा दिएको छ ।

हिमाली क्षेत्रहरु खुम्बु, अन्नपूर्ण र लामटाङमा चेकपोष्ट राख्न बोर्डले अनुमति दिएको भएपनि टानले भने अन्नपूर्ण क्षेत्रमा मात्र चेकपोष्ट संचालनमा ल्याएको छ भने अन्य दुई क्षेत्रमा चेकपोष्ट राख्न कुनै पहल गरेको पाइदैन ।

हिमाली क्षेत्रहरुमा अवैध रुपमा पर्यटक जान नदिनका लागि नेपाल पर्यटन बोर्डले टेकिङ« एसोसियसन अफ नेपाल (टान)लाई पदयात्रा मार्गमा चेकपोष्ट राख्न जिम्मा दिएको छ ।

तर टानले अन्नपुर्ण क्षेत्रमा चेकपोष्ट राखेको भएपनि खुम्बु र लाङटाङमा अवैध रुपमा आएका पर्यटकलाई रोक्नका लागि चेकपोष्ट राख्न चासो दिएको छैन ।

चेकपोष्ट नहुदाँ सरकारको अनुमति विना नै विदेशी पर्यटकहरुले यात्रा गरिरहेका छन् । नेपाली गाइडहरुले विना अनुमति पर्यटकहरुलाई यात्रा गराइरहेका छन् ।

पर्यटन बोर्डले कर्मचारी खटाएर अबैधानिक विदेशी पर्यटक रोक्न टानसगँ समन्वय गरेको थियो । तर टानले कर्मचारी खटाएका छैनन् भने पर्यटन बोर्डले पनि ती क्षेत्रहरुमा अनुगमन पनि गरेको हो । पछिल्लो समय भने बोर्डले टानसँग समन्वय गरेर अनुगमन गर्ने तयारी शुरु गरेको छ ।

बोर्डले अन्नपूर्ण क्षेत्रको चेकपोष्ट अनुगमन गरी लाङ्टाङ र खुम्बु क्षेत्रमा चेकपोष्ट सञ्चालन गर्न लागेको छ । यो बर्षको पर्यटक आउने सिजनमा टान र पर्यटन बोर्डले बाँकी रहेका दुई क्षेत्रमा चेकपोष्ट सञ्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV