२० श्रावण २०७६, सोमबार

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपाल नजिक सरेकाले मनसुनी गतिविधि केही सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो सँगै केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुन पुनः सक्रिय हुन थालेको छ । अहिले नेपाली आकाश सामान्यदेखि पूर्ण बदलीको अवस्थामा छ ।

तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । बिहान सिन्धुपाल्चोक,रसुवा, धादिङ, नुवाकोट, गोरखा, प्यूठान, बागलुङ, रोल्पा, कास्की, पाल्पा, गुल्मी र आसपास मध्यम/भारी वर्षा भइरहेकाे छ ।

यस्तै चट्याङ्ग पनि परिरहेको छ । सोमबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका तराई क्षेत्रका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा तथा चट्याङ्ग पर्ने सम्भावना रहेको छ । राति मध्य र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

श्रावण २० गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही  धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पुर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २१  गते (मंगलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। 

राती : देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै  मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२  गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै  पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

LIVE TV