१९ श्रावण २०७६, आईतवार

काठमाडाैँ । छन्द-तरङ्गको १२ औँ शृङ्खला सम्पन्न भएको छ । हरेक महिनामा एक पटक सञ्चालन हुने यस कार्यक्रमको शुक्रबारको शङ्खलामा कवि बैरागी काइँला, दुष्यन्त भट्टराई र कवयित्री गीता सापकोटाले आफ्ना छन्द कविता वाचन गरेर सुनाए ।

ऐतिहासिक ठहरिएको यसपटकको कार्यक्रममा गद्यकविताका हस्ती आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला विशेष आकर्षण थिए । छन्दकविताको वाचनमा काइँलाको जीवनकै पहिलो विशेष प्रस्तुति मानिएको छ ।

यस्तै झापामा बसेर छन्दकविताको साधना गरिरहेका प्रतिभाशाली युवाकवि दुष्यन्त भट्टराई तथा प्रतिभाशाली युवाकवयित्री गीता सापकोटाले पनि आआफ्ना प्रतिनिधि छन्दकविता आफ्ना सुमधुर स्वरमा वाचन गरेर सुनाएका छन् ।

नयाँ बानेश्वरको थापागाउँस्थित लेखन कुन्जमा भएको यस कार्यक्रममा कार्यक्रम सञ्चलक प्राज्ञ डा. देवी नेपालले आगामी भदौ २० गते सञ्चालन हुने १३ ‌औं शृङ्खलामा कविहरु प्राडा हेमचन्द्र नेपाल, डा. अलका आत्रेय र ज्ञानु विद्रोही मञ्चमा प्रस्तुत हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV