१९ श्रावण २०७६, आईतवार
  • रामगोपाल तमखु

काठमाडौं । जनप्रतिनिधिहरु बीचमै बिवाद बढेपछि राेकिएकाे मध्यपुर थिमी नगरपालिकाको तेस्रो नगर सभा आजबाट सुरु भएको छ । सभा असार १० सम्ममा हुनुपर्ने भएपनि जनप्रतिनिधिहरु बीच बिवाद सृजना भएपछि स्थागित गरिएकाे थियाे ।

यसअघि एकीकृत सम्पति कर, घरको नक्सा पास लगायत विभिन्न योजनामा नगर प्रमुखले एक्लौटी ढङ्गले काम गरेको भन्दै उपप्रमुख सहित बहुमत प्राप्त जनप्रतिनिधिहरुले नगरप्रमुखको उपस्थित विनानै गत असार १८ गते विशेष नगरसभा गरेका थियो । नगरसभाबाट पारित बुदाँहरु कार्यान्वयन गर्न नगरप्रमुखलाई दवाव दिएपछि नगरसभा अन्यौलामा परेको थियो ।

नगरपालिकाले आज गरेको सभामा उपप्रमुख अन्जना देवी मधिकर्मी र दुई जना वडा अध्यक्ष भने तेस्रो नगरसभामा अनुपस्थित भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख र छ जना वडाध्यक्ष मध्ये चार जनाले नगरसभामा सहभागी थिए । विषेश नगरसभावाट पारित बुदाँहरुलाई तेस्रो नगरसभाको कार्यपालिकाको बैठकमा लाने सहमति पछि तेस्रो नगरसभा आजबाट सुरु भएको हो ।

नगरसभामा बोल्दै प्रमुख मदन सुन्दर श्रेष्ठ कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमतको दम्भ देखाएका कारण असार मसान्त सम्ममा सम्पन्न हुनु पर्ने तेस्रो नगरसभा ढिलाई भएको बताएका छन् । नगरपालिकाका जनप्रनिधिहरुहरु नगरप्रमुख भन्दा माथि बस्ने चाहानाले गर्दा पटक पटक समस्या आइरहेको उनको आरोप थियो ।

मध्यपुर थिमी नगरपालिकामा नगरप्रमुख सहित कांग्रेस ३५ जना, नेकपाबाट ९, नेमकिपाबाट २ र स्वतन्त्रवाट एक जनप्रतिनिधि निर्वाचित भएका छन् ।

LIVE TV