१९ श्रावण २०७६, आईतवार

काठमाडौं । निर्माण व्यवसायी महासंघले बिडिङ क्षमता लागू हुनु सकारात्मक भएको बताएको छ । महासंघले आज सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनलाई स्वागत गरेको हो ।

सरकारले आठौं पटक संशोधन गरेको सार्वजनिक खरिद नियमावलीप्रति निर्माण व्यवसायीहरु सन्तुष्ट छन् । नेपाल राजपत्रमा साउन १६ गते प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ ले आफ्ना मागहरु सम्बोधन गरेको भन्दै व्यवसायीहरुले सन्तुष्टि जनाएका हुन् ।

सातौं संशोधनबाट असन्तुष्ट व्यवसायीलाई काम गर्न चुनौती भइरहेका बेला नयाँ संशोधनले सहजता मिलेको महांसंघको ठहर छ । राजपत्रमा उल्लेखित एक वर्ष म्याद थप गर्न र ‘बिड क्यापासिटी’ लागु हुनु स्वागतयोग्य भएको महासंघले जनाएको छ ।

स्वदेशी निर्माण व्यवसायीलाई १ अर्बको सिलिङ तोकिनुले निर्माण क्षेत्र अझ विस्तार हुनुका साथै कार्टेलिङ र प्याकेजिङमा निरुत्साहित हुने महासंघको ठहर छ । महासंघले पाँच करोडसम्मको निर्माण कार्यको बिना योग्यता भाग लिन पाउनु पर्र्नेे, मजदुरको प्यानमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग संबोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV