१९ श्रावण २०७६, आईतवार

काठमाडाैँ, १९ साउन । पूर्वयुवराज्ञी हिमानी शाहले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहनु भएकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा पूर्वयुवराज्ञी शाहले काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गरिएको जानकारी दिनुभयो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह पुस्तक सार्वजनिक गर्दै पीडितलाई राहत दिनका लागि पुस्तक विक्री वितरणमा राखिएको पनि जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV