१९ श्रावण २०७६, आईतवार

काठमाडौं । घूससहित रंगेहात पक्राउ परेका धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रौनियारलाई गत असार २६ गते प्रतिष्ठानको भवन निर्माण ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा अख्तियारले पक्राउ गरेको थियो ।

उनी बिरुद्ध १ करोड २८ लाख रुपैयाँ र उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV