१९ श्रावण २०७६, आईतवार

काठमाडाैं । सुनको मूल्य यस वर्षकै उच्च भएको छ । साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर नयाँ कीर्तिमान बनाएको थियो । शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ पुगेको थियो । तर आज आइतबार शुक्रबारको कीर्तिमानलाई पनि तोडेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

LIVE TV