१९ श्रावण २०७६, आईतवार

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन गरेको छ । यसअघि दुईपटक भएका संशोधनबाट धेरै आलोचना खेपेको सरकारले साढे दुई महिनाको अवधिमा पुनः तेस्रोपटक सार्वजनिक खरिद नियमावली संशोधन गरेको हो ।

गत ३० वैशाखमा नियमावलीको छैटौं संशोधन गरेर स्वदेशी निर्माण व्यवसायलाई खुसी पार्ने प्रयास गरेको सरकारले गत २३ जेठमा त्यसलाई उल्टाएको थियो । त्यसको दुई महिना नबित्दै पुनः गत बिहीबार सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन भएको हो ।


सरकारले बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरेको ‘सार्वजनिक खरिद आठौं संशोधन नियमावली, २०७६’ अनुसार अबदेखि १ अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनालाई मात्रै राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट बोलपत्र आह्वान गर्नेलगायत विभिन्न ६ वटा विषय संशोधन गरेको छ । अहिलेको संशोधित आठौं नियमावलीमा संशोधन गरी २ अर्बको दायरा घटाएर १ अर्ब रुपैयाँमा झारिएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV