१९ श्रावण २०७६, आईतवार

काठमाडौं । सरकारले प्रदेश मातहतका मन्त्रालयमा संघमा कार्यरत सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा पठाउने तयारी गरेको छ ।

उच्च स्रोतले दिएको जानकारीअनुसार यस विषयमा मन्त्रिपरिषद बैठकबाट निर्णयको तयारी भइरहेको छ । मन्त्रिपरिषद बैठकमा यसबारे छलफल सुरु भएको स्रोतले जानकारी दिएको छ ।

हाल केन्द्रका कनिष्ट सहसचिवलाई प्रदेशमा सचिवको रुपमा पठाउने गरिएको छ । स्रोतका अनुसार सरकारले सातै प्रदेशमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित ४९ वटा मन्त्रालयमा केन्द्रका वरिष्ठ सहसचिवहरुलाई पठाउने तयारी गरेको हो। यो समाचार आजको राजाधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV