१८ श्रावण २०७६, शनिबार

१.गण्डकी प्रदेशका ११ जिल्ला आन्तरिक पर्यटनको आगमनमा रमाउँदै, पर्यटन बर्ष प्रभावकारी बनाउँदै

गण्डकी प्रदेश यतिखेर पर्यटन बर्ष मनाउन व्यस्त छ । आन्तरिक पर्यटन बर्ष मनाइरहेको गण्डकी प्रदेशले आफ्नो प्रदेशमा रहेको ११ जिल्लामा नै पर्यटन प्रवद्र्धनको काम गर्दै आन्तरिक पर्यटनलाई बढावा दिइरहेको छ । सन २०२२ मा भ्रमण बर्ष मनाउने तयारी गरिहेको गण्डकी प्रदेशका लागि यो पूर्वाभ्यास पनि हुन सक्छ ।

गण्डकी प्रदेशका प्राय सबै जिल्ला पर्यटकीय र धार्मिक दृष्टिकोणले धनी मानिन्छन् । यो प्रदेशमा समेटिएका कास्की मनाङ, मुस्ताङ लगायतका जिल्लाहरुमा बाह्य पर्यटकको कहिल्यै कमी हुदैनन भने आन्तरिक पर्यटकको उपस्थिति पनि अहिले उल्लेख्य हुन थालेको छ । तर यो प्रदेशका व्यवसायीले बुझ्नु पर्ने एउटै मात्र पक्ष टड्कारो देखिएको छ – बाह्य पर्यटकसंग गरिने आर्थिक व्यवहार आन्तरिक पर्यटनसंग गर्न मिल्दैन ।

२.पोखरामा बन्ने संरचनामा विदेशी नागरिकका लागि पनि ध्यान पु¥याउन अनिवार्य
पोखराको कुरा गरेर कोही पनि थाक्दैनन । प्रकृतिको यो अनुपम उपहार पोखरालाई थप आकर्षक बनाउने अभियान तीब्र बन्दै गएको छ । स्मार्ट बन्ने रहर गरिएको पोखरा शहरमा धेरै पक्षहरु फेरिदो छन् , धेरै विषयहरुमा परिवर्तन पनि भएका छन् ,जनता र पर्यटकको सुविधा र हितलाई प्राथमिकतामा राखेर धेरै काम भइरहेका छन् ।

यही मेसोमा पोखरामा अहिले आधुनिक फुट ट्रयाक पनि निर्माण गरिएको छ । यो आफैमा एउटा सकारात्मक र उत्तम अभ्यास हो । तर पोखरामा निर्माण गरिने कुनै पनि विकास निर्माणका गतिविधि पोखेरली नागरिक, आम नेपाली नागरिक मात्र नभइ विदेशी पर्यटकसम्मले अनुभूत गर्ने पक्ष हो । त्यसैले यहाँ निर्माण गरिने विकाका कार्यहरुमा धेरै पक्षमा ध्यान पु¥याउन आवश्यक छ । अहिले निर्माण गरिएको फुट ट्रयाकबारे बनिनसक्दै धेरै गुनासो उठेका छन् । यस्लाई सच्याउन जरुरी छ ।

३.पोखरा महानगरपालिकाको वडा नम्बर १५ पनि विकासको प्रतिष्पर्धामा को भन्दा को कमको शैलीमा
पोखराका हरेक वडाहरुमा विकास निर्माणको विषयलाई लिएर प्रतिष्पर्धा नै देखिन थालेको छ । फेरिदो पोखराको बारेमा हरेक वडा पनि बास्तवमा उत्तिकै जिम्मेवार बन्न आवश्यक छ नै । सिंगो पोखराको स्वरुप फेरिदै गर्दा हरेक वडाको प्रयास र सक्रियता त्यतिकै आवश्यक छ । हो , यही पोखरालाई फेर्न र फेरिएको पोखरा आम नेपाली र संसारवासीबीच देखाउन अहिले पोखराका हरेक वडा क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV