१८ श्रावण २०७६, शनिबार
  • दीपक उपाध्याय

धनगढी । धनगढी उप-महानगरपालिकाका हावाहुरी पीडित राहत वितरणका नाममा बदमासी भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उप-महानगरपालिका भित्र रहेका वडा कार्यालयले प्रहरी मुचुल्का सहित पठाएका पीडितहरुको नाम समावेश नगरी गैर पीडितलाई राहत वितरण गरेपछि पीडित आन्दोलित भएका हुन् ।

धनगढी उप-महानगरपालिकाको वडा नम्बर १२ जुगेडाका अधिकांश पक्की घर भएका र क्षती नभएका परिवारले राहत पाएपछि पीडितहरु विरोधमा उत्रिएका छन् । पीडितहरुले उप–महानगरपालिकाको वडा नम्बर १२ को कार्यालय घेराउ पनि गरेका छन् ।

पीडितहरुले वास्तविक हावाहुरी प्रभावितको सूचिबाट नाम हटाइएको भन्दै विरोध जनाएका हुन् । बृद्ध, एकल महिला र असहायहरु जो वास्तवीक हावाहुरी पीडित हुन् तीनीहरुको वेवास्ता गरिएको पीडितहरुको गुनासो छ । घरमा क्षती नभएका, पक्कि घर भएका र राजनीतिक पहुच भएकाहरुले राहत पाएको स्थानीयको आरोप छ । एकै परिवारका चार जनाले सम्म राहत पाउँदा पीडित परिवारको सदस्य भने राहतबाट वञ्चित भएको उनीहरुको आरोप छ ।

आन्दोलनको नेतृत्व गरिरहेका हावा हुरी पीडित संघर्ष समितिले जनप्रतिनिधिबाटै भएको गल्तीलाई सच्याएर पिडितलाई राहत उपलब्ध गराउन माग राखेका छन् ।

यता, धनगढीका उपमहानगरका प्रमुख नृप बहादूर वडले शुरुमा प्रदेश र स्थानिय सरकारले पुरै छानो भत्केकालाई पुर्ण र आधा भत्केकालाई आंशिक भनेर तथ्याङ्क संकलन गरिएपनि एकद्वार प्रणालीबाट राहत वितरण हुँदा फरक भएको बताउँछन् ।

गत जेठ २३ गते गएको हावाहुरीका कारण धनगढी उप–महानगरपालिकामा मात्र दुई हजार पाँच सय ५० घरमा आंशिक क्षती र तीन घरमा पूर्ण क्षती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV