१८ श्रावण २०७६, शनिबार
  • रामगोपाल तमखु

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउनु भएको छ । भक्तपुरमा आज आयोजित लेखक दिपेन्द्र राज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाउनु भएको हो ।

प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो । देश र जनताको सेवामा लाग्नु पर्ने सेना,प्रहरी,कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको आरोप अगाउनुभयो ।

प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भएपनि सरकारले मिडिया विधेयक ल्याएर प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको बताए । सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने उनको भनाई थियो ।

कांग्रेसले लोकतन्त्रकै लागी राणा र राजतन्त्र संग लदेको बताउँदै अव पनि सरकारले लोकतन्त्र माथिको हस्तक्षेप गरे स्विकार्य नहुने बताए । विधाता पुस्तकका लेखक दिपेन्द्रराज गिरी २०५४ सालमा द्धन्द्ध पिडित थिए । तन्कालिन माओबादी लखेत्दा भाग्ने क्रममा अपांग भएका थिए । उनले कितावमा आफुले भोगेका भागाइको बृतान्त लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV