१८ श्रावण २०७६, शनिबार

काठमाडाैँ । दुई महिनाकोबीचमा तरकारीको भाउ अस्वभाविक बढेको छ । काठमाडौंको थोक बजारलाई आधार मान्ने हो भने दुई महिनामा तरकारीको मूल्य १५ प्रतिशतले महंगो भएको छ ।

यो मूल्यबृद्धिले ढाड सेकेपछि उपभोक्ताको आक्रोश हो । वर्षाका कारण उत्पादनै घटेको, ग्रामीण क्षेत्रका सडक बिग्रिदा ढुवानी रोकिएको र किसानले नै उच्च मूल्यमा बिक्री गर्न थालेपछि मूल्य बढेको व्यवसायीको तर्क छ । कालीमाटीकै थोक बजारमा प्रतिकेजी ९८ रुपैयाँ पाइरहेको ठुलो गोलभेडा छेउकै खुद्रा बजारमा एकसय २५ रुपैया तिर्नुपर्छ । अन्य तरकारी मूल्य पनि अचाक्ली नै बढेको छ ।

बर्खाको बेला तरकारीको सामान्य भाउ बढ्नु स्वाभाविक नै हो । तर, दुई महिनाको अन्तरमा यति धेरै मूल्यबृद्धि हुनु पक्कै पनि स्वभाविक होइन ।

तरकारीको भाउमा मुल्य वृद्धि भएको विषय सडक देखि सदन सम्म बहस छ । गत विहिवार बसेको राष्ट्रिय सभाको बैठकमा संसादहरुले चरम महँगीमा पर्दा सरकारले बजार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । यता,उपभोक्ता अधिकारकमीहरु पनि अप्राकृतिक मूल्यबृद्धिमा बिचौलियाको दादागिरी र सरकारको निरिहता देखिएको आरोप लगाउँछन् ।

सरकारले खुद्रा तरकारी पसलमा अनुगमन र मूल्य विश्लेषण नगर्दा जति नै महंगो भएपनि तरकारी किन्न सर्वसाधारण बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV