
- प्रेम सुनार
बुटवल । केहि महिनाअघि न्युज–२४ नेपालकाे अनलाइनमा २४ वर्षपछि भेट भएका आमा-छोराको वास्तविक कथा ट्रेन्डिङ्गमा परेको थियो । गुल्मीको शान्तिपुर घर भएका गायक दीपक परियार दुधे बालक छँदा उनकी आमा कविता परियार छाडेर बेपत्ता भएकी थिईन् ।
उनी बेपत्ता भएको २४ बर्षपछि गायक बनिसकेको छोरा दिपक को हो हुन् भनेर आफन्त मार्फत बुझ्दै जाँदा आफ्नै छोरा भएको बुझ्दै गइन् र छोरालाई भेट्न आतुर भइन् ।
अन्ततः २४ वर्षसम्म बेखबर भएर बसेकी आमा केही महिनाअघि बुटवलमा आएर छाेरालाइ भेटिन् । सोही बिछोड र मिलनको कथा न्युज–२४ टेलिभिजनमा समेत प्रकाशित भएको थियो ।
यसरी दीपक परियार थप भाईरल भएका थिए । त्यही वास्तविक कथालाई उनले हालै हेर्छु मायालाई बोलको तिज गीतमा उतारेका छन् ।
हेर्नुस् भिडियाे-