१८ श्रावण २०७६, शनिबार

एजेन्सी । भारतको जम्मु–कश्मीरमा आतंकवादी हमलाको आशंकालाई मध्यनजर गर्दै अमरनाथ यात्रामा रोक लगाएको छ । पछिल्लो समयमा भारत सरकारले ठूलो संख्यामा सेनाका तैनाथी बढाएको कस्मिर उपत्यकामा रहेको सबै पर्यटक र अमरनाथका तीर्थयात्रीहरुलाई सो स्थान छाड्न अपिल गरेको हो ।

जम्मु–कश्मीर सरकारको गृह विभागले एक आदेश जारी गर्दै कश्मिरमा आएका अमरनाथका भक्तजन र पर्यटकलाई वर्तमान शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै जतिसक्दो चाँडो आफ्नो घर फर्कन आग्रह गरेको छ ।

अमरनाथ यात्रा मार्गमा बारुदी सुरुङ र स्नाइपर राइफल भेटिएपछि सरकारले यो कदम उठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अमरनाथ यात्रा जनै पूर्णिमा चल्ने प्रचलन रहेको छ ।

तर अहिले आतंकवादी हमलाको आशंकामा यसमा रोक लगाइएको छ। अमरनाथ यात्रा फेरी कहिले सुरु हुन्छ कि हुन्न भन्ने बारेमा हालसम्म कनै आधिकारीक जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV