१७ श्रावण २०७६, शुक्रबार

काठमाडौं । प्रतिपक्ष दलका कारण तीन सातादेखि प्रतिनिधिसभाको बैठक अबरुद्ध छ । कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले तीन वटा माग राख्दै संसद अवरुद्ध गरेको हो । संसदीय सर्वोच्चता कायम गरिनुपर्ने र गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, नेकपा विप्लव समुहका कुमार पौडेलको हत्या छानविनको लगायतको माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।

असार २४ गते यता पाँच पटक बसेको प्रतिनिधिसभाको बैठक चार पटक स्थगित भएको छ । सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्ने हुँदा साउन ८ गते ६ घण्टा चलेको बैठक त्यसयता अवरोधका कारण बैठक कार्यसूचीमा प्रवशे गर्न नपाई स्थगित भइरहेको छ । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस तथा राष्ट्रिय जनता पार्टीबीच राजनीतिक सहमति नबन्दा तीन सातादेखि संसद अवरुद्ध छ । सभामुख कृष्णबहादुर महराले संसद शुरु गर्नासाथ काँग्रेस तथा राजपाका सांसदहरुले नारावाजी गर्ने भएपछि संसद बैठक बस्न सकेको छैन ।

यसबीचमा सदन सुचारु गर्न सभामुख कृष्णबहादुर महराले सर्वदलिय बैठक माफर्त वार्ता र संवादका माध्यमवाट समस्याको समाधान गर्न पटक पटक पहल गरेको भएपनि सरकारले काँग्रेस राजपाका माग सम्वोधन गर्न चासो नदिएका कारण संसद पुनः सञ्चालन हुन सकेको छैन । काँग्रेस र राजपाले सरकारलाई दोष दिइरहँदा सत्तपाक्ष सांसद भने प्रतिपक्षले अनावश्यक विवाद झिकेको आरोप लगाउँदै आएका छन् ।

एकातिर महत्वपूर्ण विधेयक संसदमा छलफल गर्न नपाइरहेका बेला दलहरुबीचको टसको मसको अवस्था हुनु पक्कै पनि राम्रो होइन । सांसद र राजनीतिक दलप्रति जनविश्वास घटिरहेका बेला दलहरु सहमतिमा आउनुको विकल्प भने जानकारहरु देख्दैनन् पनि ।

LIVE TV