१७ श्रावण २०७६, शुक्रबार
  • सुमन कार्की

पाल्पा, असार १७ । लोक दुनियाको साथी भनेर चिनिने संचारकर्मी तथा लोक गायक प्रेम लामिछाने मगरले यस बर्षको तिज गीत नथ्थीले सिंगार्यो मन मेरो विगार्यो ९घुर्नी बुढी भाग २०आफ्नै युवटुव मार्फत सार्वजनीक गरेका छन् ।

नथ्थीले सिंगारयो मन मेरो विगार्यो मा प्रेम लामिछानेलाई स्वरमा साथ दिएकी छन् भावना सारु मगरले । यस गीतको छायाँकन आशिका प्रोडक्सन पाल्पाले गरेको छ भने निर्देशक अहिलेको चर्चित नृत्य निर्देशक भागीरथा गाहा मगरले गर्नु भएको छ ।

गीतमा पुराना पुस्तापाका देखि चलिआएको रातो साडी, र चेलीहरुको गहनाको रुपमा चिनिने नथ्थीको गुनगान गाउद प्रस्तुत गरिएको छ। गीतको लय स्वयम् गाएकै रहेको छ भने शब्द भने अहिलेका पाल्पाली युवा गायक तथा हाँस्य कलाकार कमल भट्टराईको रहेको छ । गीतमा राम्रो नृत्य गर्दे मोडल प्रियंका श्रेष्ठ र राज राईलाई देखन सकिन्छ जो पछिल्लो क्रममा मोडलिङ्ग क्षेत्रमै आफ्नो भबिश्य खोज्दै छन् ।

नथ्थीले सिंगार्यो मन मेरो विगार्या को भिडियोमा नृत्य पक्ष केही राम्रो बनेकोले गर्द पनि श्रोता दर्शकको रोजाईमा पर्नेमा प्रेम लामिछाने मगर निकै आशाबादी रहेको बताउछन् । एक हप्ता अगी मात्र गायक लामिछाने कै तीज गीत चुरा बज्यो छिन् छिन् सार्वजनिक भएकाे छ । गायक लामिछाने मगरको अहिले सम्म सयौ गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV