१७ श्रावण २०७६, शुक्रबार
  • बद्रि कसम

धादिङ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाले आज जिल्ला अस्पताल धादिङको छड्के अनुगमन गर्नुभएको छ । सेवा प्रभावमा चुस्त दुरुस्त बनाउने र गुणस्तरीय काम गराउने उद्धेश्य अनुसार अस्पतालको अनगुमन गरीएको मन्त्री दुलाले जानकारी दिनुभयो । अनुगमनको क्रममा जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरुको हाजिरीमा रातो मसी लगाईदिनुभएको छ ।

काममा आएर पनि हाजिरी नगर्नेहरुलाई चेतावनी स्वरुप रातो लगाईदिएको मन्त्री दुलाले जानकारी दिनुभयो । जिल्ला अस्पतालका कम्तिमा पाँच जना कर्मचारी र स्वास्थ्य कार्यालयका २ जना गरी जम्मा ७ जना कर्मचारीहरुको हाजिर काट्दिनुभएको हो ।

मन्त्रालयको नियमित अनुगमन अनुसार नै आफु धादिङमा छड्के अनुगमनको लागि आएको बताउनु भएको छ । मन्त्री दुलालले अस्पतालको ओ.पि.डी भवन, आकस्मिक कक्ष, ल्याव कक्ष, प्रसुती कक्षको अनुगमन गर्नुभएको छ । मन्त्री दुलालले अस्पतालमा सेवा लिन आएका विरामीहरुलाई पनि अस्पतालको विश्वसनियता र सेवा प्रवाहको बारेमा सोध्नुभएको थियो । यसैबीच प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाले जिल्ला अस्पतालमा निर्माण भएको फोहोर व्यावस्थापन केन्द्रको समेत उद्घाटन गर्नुभएको छ ।

अव अस्पतालबाट निस्कने फोहोर व्यावस्थापन गर्न सजिलो हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । जेजाईजेडको आर्थिक सहयोगमा फोहोर व्यावस्थापन केन्द्रको निर्माण गरीएको हो । अनुगमन पश्चात मन्त्री दुलालले स्वास्थ्य क्षेत्रको सुधारको लागि आफु प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभएको छ । धादिङ अस्पतालको विकासको लागि आफु प्रतिबद्ध रहेको भन्दै उहाँले अस्पतालको समस्याहरु भए मन्त्रालयमा प्रक्रिया पु¥याएर निवेदन दिनको लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV