१७ श्रावण २०७६, शुक्रबार

काठमाडौं । यो साता शेयर बजार पूँजीगत लाभकरका विषयमा भएको विवादका कारण प्रभावित भयो । यसै साता सरकार र लगानीकर्ताबिच आधारदर तय गर्ने विषयमा सहमति भएपनि लगानीकर्ता ढुक्क हुन नसक्दा बजार प्रभावित भएको छ ।

पूँजीगत लाभकरको विवादका कारण साताभर शेयर बजार प्रभावित भयो । त्यसैले समग्रामा यो साता नेप्से ६ अंकले घटेको छ । सेन्सेटिभ परिसूचक पनि घट्यो । लाभकर गणना गर्दा आधारदर तय गर्ने विधिका विषयमा सरकारले लगानीकर्तासँग सहमती गरेपनि कार्यान्वयनमा नआउँदा सम्म ढुक्क हुन नसक्दा कारोबार पनि प्रभावित भएको छ ।

केहिकम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेपनि बजार त्यसबाट प्रभावित भएको छैन् । साताभर २ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा लगानीकर्ता लघुवित्त क्षेत्रका कम्पनीहरुमा आकर्षित भएको देखिन्छ । परिसूचक नेप्से घटेपनि केही लघुवित्तका शेयरधनीहरुले कमाएका छन् ।

स्पर्स लघुवित्त, गुराँस लघुवित्त, ग्रिन विकास लघुवित्त लगायतका लघुवित्तका शेयरधनीले यो साता सबैभन्दा बढी कमाएका छन् । लगानीकर्ताले मौद्रिक नीति आउनुअघि खरिद गरेको शेयरको विक्री गर्न लाग्दा पनि विक्रीचाप बढ्न गई नेप्से दवावमा परेको छ ।

LIVE TV