१७ श्रावण २०७६, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ ।

लम्बिनी विकास बोर्डको बैठकमा प्रधानमन्त्री ओलीले लुम्विनी गुरुयोजना छिटो सक्न पनि निर्देशन दिनुभएको थियो । उहाँले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको पनि तयारी गर्न लुम्विनी विकास कोषलाई सचेत गराउनु भएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिनुभयो ।

कोषले प्रधानमन्त्री ओलीलाई लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ति र बौद्ध सम्मेलनको तयारीका बारे पनि ब्रिफिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV