१७ श्रावण २०७६, शुक्रबार

काठमाडौं । सुनको मूल्य यस वर्षकै उच्च भएको छ । बिहीबार ६५ हजार कारोबार भएको सुनको मुल्य शुक्रबार आठ सय बढेर प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार पुगेकाे हाे ।

साथै तेजाबी सुन पनि मूल्य बढेको छ । बिहीबार ६४ हजार ७ सय रुपैयाँ प्रतितालामा कारोबार भएकोमा शुक्रबार प्रतितोला ६५ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV