१७ श्रावण २०७६, शुक्रबार

काठमाडौँ । नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार तथा परिचयपत्र वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रम स्याङ्जाबाट सुभारम्भ भएको छ ।

गरिबीको रेखामुनि रहेकालाई पहिचान गरि ति समुहलाई विशेष कार्यक्रम ल्याउने उदेश्यका साथ उक्त कार्यक्रमको सुभारम्भभएको हो । दोस्रो चरण अन्तर्गत ताप्लेजुङ, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा स्याङ्जालागयत १२ वटा जिल्लामा गरिब पहिचान आजदेखि हुँदैछ । पहिचान भइसकेपछि गरिबीका रेखामुनि रहेकालाई परिचपत्र वितरण हुनेछ ।

यसअघि सुभारम्भ भएको पहिलो चरणको कार्यक्रम अन्तर्गत २६ वटा जिल्लामा गरिब पहिचान गरि परिचयपत्र वितरणका लागि स्थानीय तहहरूको समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV