१७ श्रावण २०७६, शुक्रबार

काठमाडौं । उत्तर कोरीयाले दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन् । आज बिहान देशको पूर्वी तटीय क्षेत्रमा ती परीक्षण गरिएका थिए ।

अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाको रूपमा परीक्षणहरूलाई लिइएको छ । स्थानीय समय अनुसार विहान ०२ः५९ र ०३ः२३ मिनेटमा गरिएका ती प्रहार सी अफ जापानमा खसेको दक्षिण कोरियाली सेनाका जोइन्ट चीफ एप स्टाफले जनाएको छ ।

यसअघि प्रयोग नभएको क्षेत्र अहिले क्षेप्यास्त्र परीक्षणस्थलको रूपमा देखिएको फेडरेसन अफ अमेरिकन साइन्टिस्टस् सम्बद्ध अङ्कित पाण्डाले बताएको छ । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV