१७ श्रावण २०७६, शुक्रबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने तीस सय अर्ब अमेरिकी डलरका सामनामा १० प्रतिशत भन्सार लगाउने बताएका छन् । दुवै देशबीच व्यापारयुद्ध चर्किदै गर्दा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पका घोषणालाई लगानीकर्ताहरुबाट नकारात्मक प्रक्रिया जनाएका छन् । अमेरिकी शेयर बजार एक प्रतिशत गिरावट देखिएको छ । ट्रम्पले ट्विट गर्दै चीनबाट आयात हुने तीन खर्ब अमेरिकी डलरको सामानमा थप १० प्रतिशत कर लाग्ने जनाएका हुन् । उनले आफू र चिनियाँ राष्ट्रपति सी जिनपिनबीच भएको सहमति अनुसार अमेरिकी कृषि सामग्री नकिनेको भन्दै आलोचना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV