१७ श्रावण २०७६, शुक्रबार

काठमाडौं । मुलुकभर शुक्रबारको मौसम बदली भएर केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको र बिस्तारै उत्तर नेपाल तर्फ सर्दै आएकोले बदली भएको महाशाखाले जनाएको छ । मौसमविदका अनुसार अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ ।

देशभर दिउँसो भने आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV