१७ श्रावण २०७६, शुक्रबार

जनकपुरधाम । चन्दनिया देवी सदा १६ वर्षकी भइन् । उनको विवाह तीन वर्षअघि भएको थियो । अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा । शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ ।

तस्वीर : अन्नपूर्ण पाेस्ट दैनिक

गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन । यसबारे सोध्दा उनी लजाउँछिन् मात्र ।

महोत्तरी मनरा सिसवा नगरपालिका–१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ । बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। सन्तान पनि कुपोषित रहेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

LIVE TV