१७ श्रावण २०७६, शुक्रबार

जनकपुरधाम । जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा अनैठाे बच्चा जन्मिएकाे छ । बिहीबार दुई वटा टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्मिएकाे हाे ।

चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुलाई पेटबाट निकालेको थियो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन् ।

उक्त शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । साथै शिशुको आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV